साउदी विदेशमन्त्री राजकुमार बिन फरहान इरानमा | Khabarhub Khabarhub

साउदी विदेशमन्त्री राजकुमार बिन फरहान इरानमा


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तेहरान- साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहान इरानको पहिलो भ्रमणका क्रममा शनिबार तेहरान पुगेका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार भ्रमणका क्रममा उनले इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहलगायत इरानी अधिकारीसँग पत्रकार सम्मेलनअघि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

राजकुमार फैसलको विदेशमन्त्रीका रूपमा पहिलो पटक इरानको भ्रमण गरेका हुन् । यस क्रममा उनले इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गर्ने योजना रहेको साउदी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा रियादले शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएको विरोधमा भएको प्रदर्शनका क्रममा तेहरानस्थित दूतावास र उत्तरपश्चिमी शहर मशादस्थित वाणिज्य दूतावासमा आक्रमण भएपछि सुन्नी मुस्लिम शक्ति साउदी अरबले शिया नेतृत्वको इरानसँग सम्बन्ध विच्छेद गरेको थियो ।

तर, गत मार्चमा दुई देशबीच सम्बन्ध सुधार्न र आ–आफ्ना दूतावास खोल्न चिनियाँ मध्यस्थतामा भएको सम्झौताले क्षेत्रीय सम्बन्धलाई परिवर्तन गरेको थियो ।

इरानी सरकारका प्रवक्ता अली बहादोरी जाहरोमीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार राजकुमार फैसलले भ्रमणका क्रममा तेहरानस्थित साउदी कुटनीतिक नियोग पुनः खोल्नका लागि केही कदम चाल्ने अपेक्षा गरिएको छ ।

गत जुन ६ मा इस्लामिक गणतन्त्र लेबनानले साउदी अरबमा रहेको आफ्नो दूतावास र वाणिज्य दूतावास पुनः खोलेको थियो ।

साउदी दूतावासले तेहरानको एक होटलमा पुनः स्थापना गर्ने र त्यसपछि इरानी राजधानीमा आफ्नो स्थायी स्थानलाई सञ्चालन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : २३ बजे

स्वास्थ्यमन्त्री पाठक सुटुक्क फार्मेसीमा पुगेपछि…

गलकोट– बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासोपछि गण्डकी

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना

काठमाडौं–  ‘जेन-जी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा

राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्दैन : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक

अब टोल टोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नुपर्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब टोल टोलमा

पटक–पटक विघटन गर्नेहरूले अहिले संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन