प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई « Khabarhub

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताप्लेजुङमा आज सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पारेका छन् । प्रदेशस्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो भएका छन्।

भेट्रान्स डबलतर्फ दीपक आङ्देम्बे र गणेश राई प्रथम भएका छन्, भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्वितीय भएका छन् । मेन्स डबल्स जुनियरतर्फ जिल्लास्तरीय प्रतियोगितामा आइद्रेश लिम्बू र भूपेन्द्र लिम्बू प्रथम भएका छन्, भने दक्ष लिम्बू र वसन्त तामाङ दोस्रो बने ।

कर्मचारीतर्फको जिल्लास्तरीय प्रतिस्पर्धामा लक्ष्मण घतानी र खेगेन गुरुङ पहिलो र शिवकुमार काम्बाङ र केशव पौडेल दास्रो भए । मिक्स डबलतर्फ शिवकुमार मगर र सरुना गुरुङ प्रथम हुँदा आइद्रेश लिम्बू र रेसिका गुरुङ दोस्रो स्थान हात पारे ।

प्रतियोगिताअन्तर्गत मेन्स डबल्स खुलातर्फ प्रथमलाई नगद रु ३० हजार र द्वितीयलाई नगद रु २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । भेट्रान्स डबल्सतर्फ प्रथमलाई नगद रु २५ हजार र द्वितीयलाई रु १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र दिइएको छ ।

यस्तै मेन्स डबल्स (जुनियर)तर्फ प्रथम हुनेलाई नगद रु २० हजार र द्वितीय हुनेलाई नगद रु १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कर्मचारी डबल्सतर्फ प्रथमलाई नगद रु १५ हजार र द्वितीयलाई नगद रु १० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक जिल्ला व्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश लिम्बूले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १० वटा जिल्लाका खेलाडीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै