मुटु रोग र यसको उपचार | Khabarhub Khabarhub

मुटु रोग र यसको उपचार

मुटुको भल्भमा समस्या कसरी आउँछ ?


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय फेरिएको जीवनशैली र खानपानले मानिसको स्वास्थ्य बिग्रँदै गएको छ। सुरुसुरुमा पाको उमेरका व्यक्तिमा मात्र देखिने स्वास्थ्य समस्या युवामै देखिन थालेका छन्। नेपालमा मुटु सम्बन्धी समस्यासमेत बढ्दै गएको छ। सुविधा सम्पन्न अस्पताल र चिकित्सकको संख्या पर्याप्त भए पनि यो समस्या बढ्दै गएको पाइन्छ। नेपालीमा अहिले मुटु सम्बन्धी कस्तो-कस्तो समस्या देखिएको हो ? घरमा नै बसेर मुटुमा समस्या छ भनेर थाहा पाउन सकिन्छ कि सकिँदैन ? मुटुको भल्भमा समस्या कसरी आउँछ ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंशः

अहिले नेपालीमा मुटु सम्बन्धी कस्तो–कस्तो समस्या देखिएको हो ?
पछिल्लो समय नेपालमा २० प्रतिशतले मुटु रोगको समस्याका लागि औषधि नै खानुपर्ने देखिएको छ। जसमा दुई थरीका रोगहरू पर्दछन्। जन्मँदै आएको रोग, मुटुको भल्भ बिग्रिने रोग, मुटुबाट निस्किने ठुलोठुलो धमनीहरूको समस्या, मुटुको मांसपेशी, चालको समस्या र उच्च रक्तचाप लगायतका रोग पर्दछन्।

घरमा नै बसेर मुटुमा समस्या छ भनेर थाहा पाउन सकिन्छ कि सकिँदैन ?
चेकजाँच गरेपछि आफ्नो अवस्थाको बारेमा थाहा हुन्छ। धूम्रपान गर्छौँ कि गर्दैनौँ। प्रेसरको अवस्था कस्तो छ। समयमा जाँच भएको छ कि छैन ? सुगर जाँच गरेर हेर्दा ठिक छ कि छैन। आवश्यक भन्दा बढी छ भने समयमै औषधि चलाउनुपर्छ। आफूलाई चाहिने भन्दा बढी तौल छ कि छैन ? सबै कुराहरूलाई समयमा जाँच गर्नुपर्दछ। नियमित शारीरिक व्यायाम गर्छौँ कि गर्दैनौँ। हाम्रो शरीरमा रगतको मात्रा ठिक छ कि छैन विशेष ख्याल गर्नुपर्छ। यसको प्रमुख लक्षण भनेको छाती दुख्ने हो। छाती दुखेसँगै कसैकसैलाई हिँड्दा सास बढ्ने हुन्छ। यस्ता लक्षण देखियो भने सजग हुनुपर्दछ वा अस्पतालमा गएर आफ्नो स्वास्थ्यको जाँच गराउनुपर्छ मुटुलाई रक्तसञ्चार गर्ने रक्त नलीमा केही अवरोध पैदा हुनुलाई नै मुटु सम्बन्धी रोग भनिन्छ। त्यो बन्द भयो भने हृदयाघात नै हुन्छ।

यो समस्या सबभन्दा बढी कसलाई हुन्छ वा कुन उमेर समूहलाई ?
यो समस्या अहिलेसम्म धेरै वयस्कमा हुने हो। तर, कसैमा यो वंशाणुगत पनि हुन्छ। अहिले युवामा २० देखि २५ वर्षका युवाको पनि यो हृदयाघातबाट मृत्यु हुने गरेको छ। यसको लागि हामीले सुरुमा नै बच्ने उपायहरू अपनाउन सक्छौँ। धूम्रपान सेवनले पनि यो समस्या धेरै भएको छ। खाने कुराहरू अहिले धेरै आएका छन्। त्यसमा धेरै चिल्लो खानाले पनि यो समस्या बढ्दै गएको छ। मोटोपन बढेको छ। सहरी क्षेत्रमा हिँड्ने चलन नै हटिसेको छ। शारीरिक व्यायाम पनि कमी भएको देखिन्छ। अल्छी भएमा शारीरिक समस्या निम्तिने खतरा हुन्छ। यसलाई हामी रोक्न सक्छौँ तर एउटा यो वंशाणुगत कारण हो भने त्यसलाई हामीले परिवर्तन गर्न सक्दैनौँ।

मुटुको भल्भमा समस्या कसरी आउँछ ?
हाम्रो मुटुभित्र चार वटा भल्भ हुन्छन्। मुटुको हरेक धड्कनसँगै त्यो भल्भ पनि खुल्ने र बन्द हुनेहुन्छ। यी चार वटा भल्भमध्ये कुनै पनि भल्भमा कुनै पनि समय रोग लाग्नसक्छ। तर, त्यसमा पनि सबै भन्दा बढी लाग्नेलाई हामी माइट्रल भल्भ भन्छौँ। त्यसमा र फुफ्फुसीय भल्भ र पल्मोनरी भनेको पश्चिम तिर जाने भल्भमा धेरै हुन्छ। त्यो एउटा जन्मजात नै हुन्छ। कहिलेकाहीँ जन्मँदा नै भल्भ नबनेको पनि हुन्छ। पछि इन्फेक्सनको कारणले पनि हुन्छ। बाथ रोग, हृदय रोग भनिन्छ। यो हाम्रो जस्तो अल्प विकासोन्मुख देशमा धेरै पाइन्छ। स्ट्रेप्टोकोकस नामको किटाणुले टन्सिल गराउँछ। मुटुको भल्भ लिक हुने बिग्रिने पनि हुन्छ। अहिले नेपालमा धेरै अप्रेसन गर्ने भनेको भल्भको हो। त्यसैले यसको अवस्था धेरै गम्भीर नै छ।

भल्भ फेर्न अस्पतालमा गएपछि के-कस्तो प्रक्रियामा जानुपर्छ ?
बिरामी अस्पतालमा आएपछि हामीले सुरुमा पहिला अन्तै कतै डाइग्नोसिस भएको छ कि छैन भनेर हेर्छौँ। यदि गरेको छ भने त्यसलाई स्क्रिनिङ मात्र गर्छौँ। त्यसमा मुटुको भिडियो एक्स-रे हेर्छौ। अन्तबाट शंका गरेर आएको छ भने सबै भल्भ हेर्छौँ। अप्रेसन गर्न मिल्ने छ कि छैन हेर्छौँ। अप्रेसन गर्न मिल्ने छ भने सकेसम्म मुटुलाई आफ्नै भल्भबाट जोगाउनु पर्दछ। ४० वर्ष भन्दा कम उमेरको मान्छेमा सबै जाँच गरेपछि अप्रेसनको तयारी नै हुन्छ। ४० वर्ष भन्दामाथि चाहिँ मुटुको नलीमा समस्या छ कि भनेर हेरिन्छ। किनभने ४० वर्ष भन्दा माथिको मान्छेहरूमा यो स्केमिक हार्ट डिजिज हुनसक्ने बोसो जम्नसक्ने हुन्छ। र, त्यसपछि सबै डाक्टरले रिपोर्ट हेरेपछि अप्रेसन हुन्छ।

भल्भ फेर्न अथवा मुटुको उपचार खर्च कस्तो छ नेपालमा ?
यसको लागि नेपाल सरकारले १५ वर्ष भन्दा कम उमेरको बच्चालाई र ७५ वर्ष भन्दा माथिका मानिसलाई निःशुल्क अप्रेसन गराउँछ। कुनै अवस्थामा सामग्रीहरू बाहिरबाट ल्याउनुपर्ने भएमा पैसा लाग्छ। सरकारको बाथ हृदय रोग सम्बन्धी कार्यक्रम राखेको छ। त्यो भन्दाबाहेक बाहिरबाट आएको व्यक्तिमा रगत चढाउन र बस्न खर्च लाग्छ। तर, नेपालमा सस्तो नै गराएको छ।

मुटुको भल्भ फेरिसकेपछि कस्तो जोखिम निम्तिन सक्छ ?
मुटुको भल्भ फेरिसकेपछि सबैले नियमित रूपमा डाक्टरको परामर्शमा रहने गर्नुपर्छ। भल्भ मर्मत गरेकोमा भन्दा पनि फेरेकोमा धेरै कुरामा ध्यान दिनुपर्दछ। रगत पातलो गर्ने औषधि खाइरहेको मान्छेले डाक्टरको सल्लाहमा बस्नु पर्दछ। नत्र रगत धेरै बाक्लो भएर मृत्यु पनि हुनसक्छ। त्यसैले अप्रेसन गरिसकेकोले नियमित फलोअपमा बस्ने गर्नुपर्छ।

अप्रेसन गर्ने तयारीमा रहेकोले के-के कुरामा ध्यान दिने ?
अप्रेसन गर्ने तयारीमा रहेकोले पहिला आफूलाई के भएको हो भनेर थाहा पाउनुपर्छ र त्यही अनुसार तयार हुनुपर्दछ। किनभने मुटुको अप्रेसनमा रिस्क हुन्छ। १०० जनाको अप्रेसन गर्दा ३ जनाको ज्यान पनि जानसक्छ। त्यसैले त्यो कुरा राम्ररी जान्नुपर्छ। शरीरमा घाउ, खटिरा, लुतो छ भने त्यो बेला अप्रेसन गर्नु हुँदैन। त्यसैले त्यो कुरा नलुकाउने र कुनै औषधि सेवन गरेको छ भने पहिला सबै कुरा खुलेर डाक्टरलाई भन्नुपर्छ।

मुटुमा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
बच्चामा धेरै टनसिल भइरहने छ भने पनि मुटुको जाँच गराउने गर्नुपर्छ। सन्तुलित भोजन खाने, गर्भावस्थादेखि नै राम्ररी केयर गर्नुपर्छ। सरकारले अहिले धेरै औषधिहरू ल्याएको छ। जाँचेर खान सकिन्छ। हामीले आफ्नो मुटु कस्तो छ भनेर जाँच गर्नुपर्छ। उच्च रक्तचाप र चिनी रोगलाई नियन्त्रण गर्नुपर्छ । चिन्ताबाट मुक्त हुने, पर्याप्त मात्रामा शारीरिक व्यायाम गर्ने र शरीरलाई चलायमान राख्ने काम गर्नुपर्छ । राति सुत्दा धेरै घुर्ने मान्छे र दिउँसो सुत्ने मान्छेमा पनि मुटु रोगको सम्भावना धेरै छ। बाटोमा धुँलो धुवाको कारणले पनि मुटु रोगको सम्भावना बढी हुन्छ। त्यसैले बाहिर हिँड्दा मास्कको प्रयोग गर्नुपर्छ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ०१ बजे

विकास परियोजनाले कालीगण्डकी नदी संकटमा पर्ने चिन्ता

गण्डकी– मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता

विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै

बैतडी– विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन

बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप

काठमाडौं– ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कू’ प्रयास

पोखरिया अस्पताल ५० शै्यामा स्तरोन्नति हुँदै

वीरगञ्ज – सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शै्यामा स्तरोन्नति गरेर

सुकुटीको माग उच्च, मासिक दुई लाखसम्म आम्दानी

बेलबारी– बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् ।