आजको तरकारी तथा फलफूलको मूल्य कति ? सबैभन्दा सस्तो बन्दा « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्य कति ? सबैभन्दा सस्तो बन्दा


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज तरकारीमा सबैभन्दा सस्तो बन्दा रहेको छ । आज लोकल बन्दा १२ रुपैयाँ ५० पैसामा किनबेच भइरहेको छ । 

यस्तै, ठूलो नेपाली गोलभेडा, लोकल गाँजर, हाइब्रिड सिमी, रायोको साग र ब्रोकाउली प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ५४ रुपैयाँ २० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा, सेतो आलु ३५ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, सुकेको भारतीय प्याज ४९ रुपैयाँ, स्थानीय काउली ८३ रुपैयाँ ३३ पैसा, रातो मूला, चिचिन्डो, तितो करेला, रूख कटहर र डल्ले हरियो फर्सी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ रहेको छ ।

यसैगरी, मकै बोडी, लोकल घिउ सिमी, भटमासकोशा, न्यूरो, चुकुन्दर, गान्टे मूला र कलकत्ते आँप ७५ रुपैयाँ, तने बोडी ५४ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी र भारतीय मेवा ९५ रुपैयाँ पर्नेछ । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : २५ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३