नेपाल समाजवादी पार्टीको संगठन निर्माण र विस्तार अभियान आजदेखि  « Khabarhub

नेपाल समाजवादी पार्टीको संगठन निर्माण र विस्तार अभियान आजदेखि 


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल समाजवादी पार्टी (नेसपा) ले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने भएको छ ।

‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको पार्टीका केन्द्रीय पदाधिकारीहरूले सातवटै प्रदेशमा वृक्षरोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अभियान अन्तर्गत पार्टी अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशको गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङ ज्योती चौतारामा विभिन्न प्रजातिका वृक्षरोपण गरेर अभियानको सुरुवात गर्नेछन् ।

यस्तै, कोसीमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, वाग्मतीमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, लुम्बिनीमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर शाह र सुदूरपश्चिममा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : ५० बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३