बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा « Khabarhub

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालुवाटारस्थित ललितनिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतसहितको बन्दीप्रत्यक्षीकरणको रिटकाे पेसी आज सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको छ ।

यसअघि हिजो पनि उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। तर सुनुवाइ हुन नसकेपछि माथेमा र श्रेष्ठको इजलासले आजलाई पेसी राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रलायका बहालवाला सचिव राउत पक्राउ परेपछि उनका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिइएको थियो ।

यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतमसहितले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै बन्दीप्रत्यक्षीकरण आदेश किन नहुने भन्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो ।

सर्वोच्चले आज उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्ने कि रिहाइ गर्ने भन्नेबारे निर्णय सुनाउने छ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : ४५ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त