बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा | Khabarhub Khabarhub

बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालुवाटारस्थित ललितनिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतसहितको बन्दीप्रत्यक्षीकरणको रिटकाे पेसी आज सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको छ ।

यसअघि हिजो पनि उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। तर सुनुवाइ हुन नसकेपछि माथेमा र श्रेष्ठको इजलासले आजलाई पेसी राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रलायका बहालवाला सचिव राउत पक्राउ परेपछि उनका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिइएको थियो ।

यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतमसहितले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै बन्दीप्रत्यक्षीकरण आदेश किन नहुने भन्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो ।

सर्वोच्चले आज उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्ने कि रिहाइ गर्ने भन्नेबारे निर्णय सुनाउने छ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : ४५ बजे

रिब्दीकोटका एकल महिला तथा पुरुषलाई सम्मान

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।