सेयर बजारमा ४७.०७ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ४७.०७ अंकको वृद्धि


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । नेप्से सूचक ४७.०७ विन्दुले बढेर २१४४.१६ अंकमा आएको छ । सूचकमा आकर्षक वृद्धिपछि नेप्सेले सजिलै २१ सय विन्दुलाई पार गर्न सफल भएको हो । 

३ वटा कम्पनी सकारात्मक सर्किट तहमा कारोबार हुँदा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम भने औसतमा हो । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह बढेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । वाणिज्य बैंक समूह पनि बढेको छ ।

यस दिन २५७ कम्पनीको ७६ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्सशाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन् । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ४ : ०१ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति