एनआरएनए साउदीको अध्यक्षमा अर्यालको मात्रै उम्मेदवारी « Khabarhub

एनआरएनए साउदीको अध्यक्षमा अर्यालको मात्रै उम्मेदवारी


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको अध्यक्षमा रबिना अर्यालको मात्रै उम्मेदवारी परेको छ । एनआरएनए साउदी अरबको कार्यसमिति चयन प्रकिया अघि बढेसँगै निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएका आवेदकको नमावली सार्वजनिक गरेको हो ।

अध्यक्षलगायतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जारी गरेको सूचना अनुसार अध्यक्षमा रबिना अर्यालले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । अध्यक्षमा अर्यालको मात्रै उमेदवारी परेकोले उनीलगायत कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएको जनाइएको छ ।

सुरुमा रोशनकुमार श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएको भएपनि उनले रबिना अर्याललाई नै सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी आधिकारिक रूपमा निर्वाचन समितिको इमेलमा पठाएका छन् ।

वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा चाहिनेजति मात्रै उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेकाले सबै निर्विरोध भएका छन् । यद्यपि निर्वाचन समितिले भने दाबी विरोध हेरेर प्रक्रियागत ढङ्गले आधिकारिक घोषणा गर्ने जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : २० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले