एमाले नेतृ रेखा झाविरुद्ध साईबर ब्युरोमा उजुरी « Khabarhub

एमाले नेतृ रेखा झाविरुद्ध साईबर ब्युरोमा उजुरी


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिले नेकपा एमालेकी नेतृ रेखा झालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साईबर ब्युरोमा उजुरी दिएको छ।

समितिका संयोजक विनय यादवले झाविरुद्ध सोमबार उजुरी दर्ता गराएका हुन। झाले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्र विरोधी पोष्ट राखेकाले उजुरीमा कारवाही गर्न माग गरिएको छ। नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव पार्ने काम झाले गरेको जनाईएको छ।

अभियानले यस अघि विज्ञप्ति जारी गरेर पनि झालाई कारवाही गर्न माग गरेको थियो। नेपाललाई ब्रिटिश साम्राज्यको हिस्साको रूपमा झूटो चित्रण गर्न शेयर गरेको नक्सालाई तुरुन्तै हटाई माफी माग्न अभियानले आग्रह गरेको थियो।

‘नेपाल कुनै पनि साम्राज्यको दासत्व कहिल्यै स्वीकार नगरेको एक मात्र अविच्छिन्न, स्वतन्त्र, प्राचीन देश भएकोले आफ्नै समृद्ध र गौरवशाली इतिहास छ । हाम्रा हिन्दु पुर्खाहरूले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न वीरतापूर्वक पुस्तौँदेखि रगत बगाउँदै आएका छन् । नेपालको स्वाधीनतामा आँच पुर्याउने गलत सूचना प्रचार गर्नु हाम्रा पूर्वजहरूको बलिदानको अपमान हो।’-विज्ञप्तिमा भनिएको थियो।

विज्ञप्तिमा सन् १७९२ मा लर्ड कर्नवालिसको पालामा नेपाल ब्रिटिस साम्राज्यको एक हिस्सा रहेको देखाउने एमाले पूर्वसांसद झाले शेयर गरेको नक्सा ऐतिहासिक तथ्यको नियोजित तोडमडोठ भएको बताइएको थियो।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ५२ बजे

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न