एमाले नेतृ रेखा झाविरुद्ध साईबर ब्युरोमा उजुरी « Khabarhub

एमाले नेतृ रेखा झाविरुद्ध साईबर ब्युरोमा उजुरी


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिले नेकपा एमालेकी नेतृ रेखा झालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साईबर ब्युरोमा उजुरी दिएको छ।

समितिका संयोजक विनय यादवले झाविरुद्ध सोमबार उजुरी दर्ता गराएका हुन। झाले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्र विरोधी पोष्ट राखेकाले उजुरीमा कारवाही गर्न माग गरिएको छ। नेपाललाई ब्रिटिस साम्राज्यको अंग देखाउने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव पार्ने काम झाले गरेको जनाईएको छ।

अभियानले यस अघि विज्ञप्ति जारी गरेर पनि झालाई कारवाही गर्न माग गरेको थियो। नेपाललाई ब्रिटिश साम्राज्यको हिस्साको रूपमा झूटो चित्रण गर्न शेयर गरेको नक्सालाई तुरुन्तै हटाई माफी माग्न अभियानले आग्रह गरेको थियो।

‘नेपाल कुनै पनि साम्राज्यको दासत्व कहिल्यै स्वीकार नगरेको एक मात्र अविच्छिन्न, स्वतन्त्र, प्राचीन देश भएकोले आफ्नै समृद्ध र गौरवशाली इतिहास छ । हाम्रा हिन्दु पुर्खाहरूले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न वीरतापूर्वक पुस्तौँदेखि रगत बगाउँदै आएका छन् । नेपालको स्वाधीनतामा आँच पुर्याउने गलत सूचना प्रचार गर्नु हाम्रा पूर्वजहरूको बलिदानको अपमान हो।’-विज्ञप्तिमा भनिएको थियो।

विज्ञप्तिमा सन् १७९२ मा लर्ड कर्नवालिसको पालामा नेपाल ब्रिटिस साम्राज्यको एक हिस्सा रहेको देखाउने एमाले पूर्वसांसद झाले शेयर गरेको नक्सा ऐतिहासिक तथ्यको नियोजित तोडमडोठ भएको बताइएको थियो।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ५२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,