नेपाल प्रहरीका १० कर्मचारीको विशेष बढुवा « Khabarhub

नेपाल प्रहरीका १० कर्मचारीको विशेष बढुवा


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।

उहाँका अनुसार विशेष बढुवामा परेकामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी नायब निरीक्षक तिलराम बोहरा सार्की वरिष्ठ नायब निरीक्षक भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय दरबन्दी भएका प्रहरी सहायक निरीक्षक अर्जुन सेठ्ठी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका वामदेव घिमिरेलाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ ।

यसैगरी प्रहरी सहायक हवलदारबाट हवलदार पदमा बढुवा हुनेहरूमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरबन्दी भएका सुवास नेपाली, केन्द्रीय अनुसन्धान ब्यूरोका लक्ष्मण सापकोटा, लागुऔषध नियन्त्रण ब्यूरोका भुदरमणि जोशी, वडा प्रहरी कार्यालय विर्ता पर्साका गनकुमार खण्डमुल, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा अङ्गरक्षक गणका उपेन्द्र चौधरी रहेका छन् ।

त्यस्तै विषेश ब्यूरोमा कार्यरत प्रहरी हवलदार सविर अलि अन्सारी वरिष्ठ प्रहरी हवल्दारमा र प्रहरी प्रधान कार्यालय कार्य विभाग मर्यादा पालक एकाइ नक्सालका प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवलदारमा बढुवा भएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १० : ३१ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले