महिला विश्वकपको उपाधिका लागि आइतबार इङ्ग्ल्याण्ड र स्पेन खेल्ने | Khabarhub Khabarhub

महिला विश्वकपको उपाधिका लागि आइतबार इङ्ग्ल्याण्ड र स्पेन खेल्ने


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत जुलाई २० देखि अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा सुरु भएको फिफा महिला विश्वकप फुटबल आगामी आइतबार सकिँदै छ ।

आइतबार उपाधिका लागि इङ्ल्यान्ड र स्पेनको खेल सकिएसँगै सन् २०२३ को फिफा महिला विश्वकप समापन हुनेछ । 

हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको छ । त्यस्तै, स्पेन पनि स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । 

यसपटकको महिला विश्वकपमा यी दुईमध्ये जुन टोलीले जिते पनि नयाँ टोली च्याम्पियन बन्ने पक्का भएको छ । 

अस्ट्रेलिया र स्वीडेनबीच तेस्रो स्थानका लागि शनिवार खेल हुनेछ । महिला विश्व कपमा ३२ टोली सहभागी थिए । 

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ८ : ०२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले