सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा राष्ट्रसङ्घ चिन्तित | Khabarhub Khabarhub

सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा राष्ट्रसङ्घ चिन्तित


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त संस्थाले सहायताकर्मीमाथि आक्रमण नरोकिएकामा चिन्ता व्यक्त गरेको हो ।

यो वर्ष संसारभर ६२ जना मानवीय सहायताकर्मीले विभिन्न आक्रमणमा परी ज्यान गुमाएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले हरेक वर्ष अगस्ट १९ मा बग्दादमा भएको आत्मघाती बम विष्फोटको सम्झनामा विश्व मानवीय दिवस मनाउँदै आएको छ ।

उक्त आक्रमणमा २२ जनाको ज्यान गएको थियो । आक्रमणमा तत्कालीन मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र इराकका लागि राष्ट्रसङ्घका प्रमुख सर्जियो भिइरा डे मेलोले ज्यान गुमाएका थिए । यस वर्ष विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा ६२ जनाको मृत्यु हुनुका साथै अन्य ८४ सहायताकर्मी घाइते भएका र ३४ जना अपहरणमा परेका छन् ।

केही वर्षयता अफ्रिकी मुलुक दक्षिण सुडान सहायता कार्यकर्ताका लागि विश्वको सबैभन्दा जोखिमपूर्ण स्थान बनेको छ । त्यहाँ मानवीय सहायता कर्मचारीहरूमाथि ४० पटक आक्रमण भएको र २२ जनाको ज्यान गएको मानवीय मामिलासम्बन्धी राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । मध्य अफ्रिकी गणतन्त्र, माली, सोमालिया, युक्रेन र यमनमा पनि मानवीय सहायताकर्मी मारिएका छन् ।

यसरी मारिनेमा ९० प्रतिशतभन्दा बढी स्थानीयवासी हुन् । तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्ने अमेरिकी नेतृत्वको आक्रमणको अराजकताको बीचमा सन् २००३ मा भएको त्यो विस्फोटमा ब्राजिलका भिइरा डे मेलो सहित २२ जनाको ज्यान गएको थियोभने करिब १५० स्थानीय र अन्तरराष्ट्रिय सहायताकर्मी घाइते भएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  १ : ४५ बजे

ज्ञानको तिर्खा घट्यो (फोटो फिचर)

प्रज्ञा– चेतनाको नेतृत्व लिएका दुई बौद्धिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान

भिमादका महिलाहरू आयआर्जनतर्फ अग्रसर 

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन्

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो

गलकोट– यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् ।

सुनिनै छाडे मौलिक भाका

ढोरपाटन – बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा