सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा राष्ट्रसङ्घ चिन्तित « Khabarhub

सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा राष्ट्रसङ्घ चिन्तित


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त संस्थाले सहायताकर्मीमाथि आक्रमण नरोकिएकामा चिन्ता व्यक्त गरेको हो ।

यो वर्ष संसारभर ६२ जना मानवीय सहायताकर्मीले विभिन्न आक्रमणमा परी ज्यान गुमाएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले हरेक वर्ष अगस्ट १९ मा बग्दादमा भएको आत्मघाती बम विष्फोटको सम्झनामा विश्व मानवीय दिवस मनाउँदै आएको छ ।

उक्त आक्रमणमा २२ जनाको ज्यान गएको थियो । आक्रमणमा तत्कालीन मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र इराकका लागि राष्ट्रसङ्घका प्रमुख सर्जियो भिइरा डे मेलोले ज्यान गुमाएका थिए । यस वर्ष विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा ६२ जनाको मृत्यु हुनुका साथै अन्य ८४ सहायताकर्मी घाइते भएका र ३४ जना अपहरणमा परेका छन् ।

केही वर्षयता अफ्रिकी मुलुक दक्षिण सुडान सहायता कार्यकर्ताका लागि विश्वको सबैभन्दा जोखिमपूर्ण स्थान बनेको छ । त्यहाँ मानवीय सहायता कर्मचारीहरूमाथि ४० पटक आक्रमण भएको र २२ जनाको ज्यान गएको मानवीय मामिलासम्बन्धी राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । मध्य अफ्रिकी गणतन्त्र, माली, सोमालिया, युक्रेन र यमनमा पनि मानवीय सहायताकर्मी मारिएका छन् ।

यसरी मारिनेमा ९० प्रतिशतभन्दा बढी स्थानीयवासी हुन् । तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्ने अमेरिकी नेतृत्वको आक्रमणको अराजकताको बीचमा सन् २००३ मा भएको त्यो विस्फोटमा ब्राजिलका भिइरा डे मेलो सहित २२ जनाको ज्यान गएको थियोभने करिब १५० स्थानीय र अन्तरराष्ट्रिय सहायताकर्मी घाइते भएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  १ : ४५ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन