एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिष्कार « Khabarhub

एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिष्कार


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ ।

समितिको सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै एमालेका सांसदहरुले बिहीबार समितिको बैठक बरिष्कार गरेका हुन् । यसअघिको बैठकमा एमालेका सांसदहरुले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए ।

एमालेका सांसदहरुले बैठक बहिष्कार गरेपछि कोरम नपुगेर बैठक स्थगित भएको छ । बैठक स्थगीत भएपछि समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले विभिन्न कारण देखाई समितिहरुलाई बन्धक बनाउने कुरा लोकतन्त्रको मूल्य मान्यताविपरीत भएको बताए । उनले यस विषयमा सभामुखले पहलकदमी भूमिका प्रस्तुत गर्नुपर्ने जिकिर गरे । केसीले तीन दलसंग मात्रै नभई संसदमा भएका दलहरुसंग सभामुखले छलफल गर्नुपर्ने बताए ।

त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व चयन र सदन अवरुद्ध गर्दा पनि सभामुखले आफुहरुसंग छलफल नगरेको गुनासो गरे ।

यता एमाले सांसद अच्युतप्रसाद मैनालीले संसदीय समितिलाई प्रभावकारी रुपमा अघि बढाउनका लािग सभापति चयन गर्नुपर्ने बताए । उनले समितिमा महत्वपूर्ण छलफल गर्नुपर्ने र यसका लागि नेतृत्व निर्माण गर्नुपर्नेमा एमालेले पटक पटक जोड रहेपनि ढिलो हुँदै गएकाले समिति बहिष्कार गर्नुपरेको जिकिर गरे ।

मैनालीले समितिको नेतृत्व चयन नभएसम्म एमाले लेखा समितिमा सहभागी नहुने पूर्ववत अडान यथावत नै रहेको बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ३ : ०४ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी