अमेरिकी राष्ट्रपति बाइडेन अग्निपीडितलाई भेट्न हवाई जाने « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेन अग्निपीडितलाई भेट्न हवाई जाने


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाई राज्यको भ्रमणमा जाने भएका छन् ।

विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लागेका हुन् । आगामी साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने अपेक्षा गरिएको छ ।

हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो यही साउन २३ गते बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् । सबै मृतकको सनाखत हुन सकेको छैन । पर्यटकीयस्थल लहाइना र मौवीका भौतिक संरचना खरानीमा परिणत भएका छन् ।

डढेलोका कारण झण्डै १३ हजार घरमा क्षति भएको छ । दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

सङ्घीय सरकारले छ सयभन्दा अधिक कर्मचारी परिचालन गरेर प्रभावित स्थलमा आवश्यक व्यवस्था गरिरहेको छ भने पचास हजारभन्दा बढी अग्निपीडितलाई भोजनको प्रबन्ध गरिएको, ७५ हजार लिटर स्वच्छ पेयजल, पाँच हजार खाट र दश हजार सिरक डसनाको प्रबन्ध गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ५ : ३० बजे

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका