जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा विष्ट निर्वाचित « Khabarhub

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा विष्ट निर्वाचित


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी – जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट निर्वाचित भएका छन्। बिहीबार सातौं अधिवेशनबाट विष्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

कैलाली जिल्लामा रहेर लामो समयदेखि उनी क्रिकेटजन्य गतिविधिमा सक्रिय रहँदै आएका छन्। उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा, कोषाध्यक्षमा विक्रम लामा निर्वाचित भएका छन् ।

सदस्यमा क्रमशः रतनबहादुर कठायत, बाबुराजा श्रेष्ठ, रुपक विष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, गणेश रजक, दिनेश महर्जन, लोकबहादुर खड्का ९रबि०, गोविन्दराज जोशी, पदमबहादुर सिंह, सम्राट सिंह र कमलराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला क्रिकेट संघ कैलालीको सातौं अधिवेशनमा ५ जना सम्मानित भएका छन्। क्रिकेटमा लामो समयदेखि सक्रिय रहेर अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्‍याएको भन्दै क्यानका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दलाई सम्मान गरिएको छ।

कैलाली जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष धर्मबहादुर बोहरा, पूर्वसचिव गणेश नेपाली, पूर्व कोषाध्यक्ष मदनबहादुर कुँवर र धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाही सम्मानित भएका हुन्।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ७ : २० बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित