कक्षा १२ पछि विदेशिनु भोलिका लागि गम्भीर संकट : मेयर प्रजापति « Khabarhub

कक्षा १२ पछि विदेशिनु भोलिका लागि गम्भीर संकट : मेयर प्रजापति


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कक्षा १२ उत्तीर्ण गरेपछि नै विदेश जाने अहिलेको विद्यार्थीको प्रवृत्तिले भविष्यमा गम्भीर संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

एभरेस्ट इंग्लिस स्कुल मिवाछेँ व्यासीमा शनिबार भएको एकदिने आठौँ विद्यार्थी गुणीय चक्रको उद्घाटन गर्दै ज्ञानको पवित्र मन्दिरको रुपमा रहेको विद्यालयलाई बन्द, हड्ताल र तालाबन्दी लगायतका अवाञ्छित गतिविधिबाट टाढा नै राख्न जरुरी रहेको उनको भनाइ छ ।

प्रमुख प्रजापतिले ज्ञानविज्ञानको केन्द्रको रुपमा अगाडि बढिरहेको भक्तपुरलाई शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले काम गर्दै आइरहेको बताए । 

विद्यार्थीले परीक्षामा उच्च अंक प्राप्त गर्दैमा त्यो विद्यार्थीले समाजको लागि काम गर्छ भन्ने कुरा सत्य नहुन सक्छ भन्दै उनले विद्यार्थीमा नैतिक शिक्षाको धेरै खाँचो रहेको बताए ।

समाजलाई योगदान गर्न सक्ने जनशक्तिको खाँचो अहिले आवश्यकताबोध भएको बताउँदै उनले उच्च शिक्षा, रोजगारीको लागि विदेशिने सोचबाट विद्यार्थीलाई टाढा राख्नुपर्ने धारणा व्यक्त गरे । 

संघीयताको असल कार्यान्वयन भक्तपुरले गरिरहेको बताउँदै भक्तपुर नपाले समाजवादउन्मुख काम गर्दै आइरहेको र स्थानीय तहलाई नै अधिकारसम्पन्न गर्नुपर्ने उनको धारणा छ । 

विद्यार्थी र शिक्षकहरूले पनि देशको राजनीतिप्रति चासो राख्नुपर्ने बताउँदै बौद्धिक र प्रबुद्ध व्यक्तिहरूले आफ्नो व्यक्तिगत मात्र नभई सिंगो देशको भविष्यको चिन्ता गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा एभरेस्ट इंग्लिस स्कुलका प्रधानाध्यापक भक्त राजभण्डारीले एसक्युसीको अवधारणाले विद्यार्थीहरुमा आत्मविश्वास जागउनुका साथै आफ्ना समस्या पहिचान गरी आफैँ समाधान गर्ने क्षमता अभिवृद्धि गरेको बताए । 

उनले स्कुलले देशभक्त अनुशासित विद्यार्थी उत्पादन गर्नेमा विशेष जोड दिँदै आएको बताउँदै एभरेष्टमा एसक्युसीको गठनले धेरै उपलब्धीहरू प्राप्त भएको बताए ।

सम्मेलनमा १८ वटा विद्यालयका ३३ समूह गरी दुई सय ४५ जना विद्यार्थीहरू सहभागी भएको जनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधिहरूसहित करिव पाँच सय जनाको जमघट भएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ४५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको

वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’

कैलाली– गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८