सहारा क्लब पोखराको अध्यक्षमा केशव बराल चयन | Khabarhub Khabarhub

सहारा क्लब पोखराको अध्यक्षमा केशव बराल चयन


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कास्की– सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन् । क्लबले कास्कीको फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ ।

मोफसलमै उत्कृष्ट क्लबका रूपमा स्थापित  क्लबको शनिबार सम्पन्न १३औँ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा पुनः रामजीप्रसाद अधिकारी, सचिवमा टङ्कराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर, सहकोषाध्यक्षमा अशोक लालचल चयन भएका छन् ।

यसैगरी सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल रहेका छन् । सहारा क्लब फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको छ । क्लबले सहारा एकेडेमी सञ्चालन गरी फुटबल खेलाडी उत्पादन गर्दै आएको छ ।

एकेडेमी सञ्चालनका लागि क्लबले स्थापना गरेको अक्षयकोषमा हालसम्म दुई करोड ८५ लाख पुगेको क्लबले जनाएको छ । अहिले सहारा एकेडेमीमा चौथो समूहका ११ बालकलाई भर्ना गरेको छ । क्लबले तेस्रो चरणका २८ बालकलाई गत चैतमा बिदाइ गरेको थियो ।

क्लबले बर्सेनि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

आगामी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपलाई ‘लिगकम नकाउट’मा सञ्चालनको तयारी गरिएको महासचिव अधिकारीले बताए । सहाराको रजत जयन्ती तथा अधिवेशनका अवसरमा खेलकुदलगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ११ : २८ बजे

फिलिपिन्समा आज आमनिर्वाचन

काठमाडौं– फिलिपिन्समा अहिले मध्यावधि अन्तर्गत आमनिर्वाचन भइरहेको छ । ३१७

कांग्रेस सभापति देउवाबाट बुद्ध जयन्ती र उँभौली पर्वको शुभकामना 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम

इंग्लिस प्रिमियर लिग : न्यु क्यासलसँग चेल्सीको हार

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यासल युनाइटेडसँग चेल्सी स्तब्ध

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं– आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

यी भूभागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल