बाँकेस्थित पूर्व–पश्चिम राजमार्गमा विस्फोट « Khabarhub

बाँकेस्थित पूर्व–पश्चिम राजमार्गमा विस्फोट


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोट भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त स्थानमा भएको विस्फोटमा कुनै मानवीय क्षति नभए पनि राजमार्गमा ठूलो खाडल परेको छ । 

विस्फोट भएपछि आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले सो स्थानको अवलोकन गरेको थियो । 

अवलोकनका क्रममा टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।

विस्फोट भएको स्थानमा खिया लागेको तारका टुक्रा र चुनजस्तो देखिने धुलो मात्र फेला परेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १२ : ०१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन