बढी तौलको एलपी ग्यास बिक्री भइरहेको छ, ठूलो दुर्घटना हुनसक्छ : सांसद भट्टराई « Khabarhub

बढी तौलको एलपी ग्यास बिक्री भइरहेको छ, ठूलो दुर्घटना हुनसक्छ : सांसद भट्टराई


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले अनधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्री वितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिइ केही कम्पनीहरुले बढी तौलका खाना पकाउने ग्यास बिक्री वितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बिक्री वितरणको विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।

बढी तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिह्न नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उनले यसले ठूलो दुर्घटना निम्त्याउनसक्ने धारणा राखे ।

उनले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको उल्लेख गरे ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १ : २८ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त