विद्युत विधेयकमा निजी क्षेत्रको भूमिका बढाउन ऊर्जा उत्पादकहरुको माग « Khabarhub

विद्युत विधेयकमा निजी क्षेत्रको भूमिका बढाउन ऊर्जा उत्पादकहरुको माग


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले सरकारले संसदमा दर्ता गराएको विद्युत विधेयक २०८० मा निजी क्षेत्रको भूमिका बढाउन माग गरेको छ ।

विद्युतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा धारणा सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले प्रस्तावित विधेयकमा विद्युत उत्पादनमा निजी क्षेत्रको भूमिकालाई कमजोर पार्ने केही प्रावधान रहेको भन्दै त्यसलाई सच्चाउँदै निजी क्षेत्रको भूमिका बढाउन माग गरेको हो ।

साविक विद्युत् ऐन २०४९ का आधारमा लिएका अनुमतिलाई नयाँ प्रावधानअनुसार नै समय दिने व्यवस्था गर्नुपर्ने, अनुमति पत्रको अवधि जलाशययुक्त जलविद्युत आयोजनाको हकमा ५० वर्ष र अन्य प्रकृतिका जलविद्युत् आयोजनाको हकमा ४५ वर्ष भन्ने संसोधन गरिएकोले साविक विद्युत ऐन, २०४९ अनुसार नै विद्युत उत्पादनको सर्भेक्षण अनुमतिपत्रको ५ वर्ष र विद्युत उत्पादन अनुमतिपत्रको ५० वर्ष कायम गर्न इप्पानले समेत माग गरेको छ ।

त्यस्तै निजी क्षेत्र आफैँले जलविद्युत आयोजनाको पहिचान तथा विकास गर्नसक्ने भूमिका थप गर्न माग गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । उनले रोयल्टी बढाउने प्रस्तावलाई फिर्ता लिन पनि माग गरे । कार्कीले जलविधुतको क्षेत्रमा बितिय व्यवस्थापन अप्ठेरो अवस्थामा रहेकामा अन्य धेरै सुझाव दिइएको उल्लेख गरे ।

इप्पानले प्रस्तावित विधेयकमा सबै तहको सरकारलाई क्षमताअनुसार अधिकार बाँडफाँट गरेजस्तो देखिए पनि सिमाना नदी र राष्ट्रिय ग्रिडमा जोडिने विद्युत आयोजनाका कारण स्थानीय सरकारले कुनै पनि आयोजनाको अधिकार नपाउने संभावना रहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ३ : ५६ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन