विद्युत विधेयकमा निजी क्षेत्रको भूमिका बढाउन ऊर्जा उत्पादकहरुको माग | Khabarhub Khabarhub

विद्युत विधेयकमा निजी क्षेत्रको भूमिका बढाउन ऊर्जा उत्पादकहरुको माग


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले सरकारले संसदमा दर्ता गराएको विद्युत विधेयक २०८० मा निजी क्षेत्रको भूमिका बढाउन माग गरेको छ ।

विद्युतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा धारणा सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले प्रस्तावित विधेयकमा विद्युत उत्पादनमा निजी क्षेत्रको भूमिकालाई कमजोर पार्ने केही प्रावधान रहेको भन्दै त्यसलाई सच्चाउँदै निजी क्षेत्रको भूमिका बढाउन माग गरेको हो ।

साविक विद्युत् ऐन २०४९ का आधारमा लिएका अनुमतिलाई नयाँ प्रावधानअनुसार नै समय दिने व्यवस्था गर्नुपर्ने, अनुमति पत्रको अवधि जलाशययुक्त जलविद्युत आयोजनाको हकमा ५० वर्ष र अन्य प्रकृतिका जलविद्युत् आयोजनाको हकमा ४५ वर्ष भन्ने संसोधन गरिएकोले साविक विद्युत ऐन, २०४९ अनुसार नै विद्युत उत्पादनको सर्भेक्षण अनुमतिपत्रको ५ वर्ष र विद्युत उत्पादन अनुमतिपत्रको ५० वर्ष कायम गर्न इप्पानले समेत माग गरेको छ ।

त्यस्तै निजी क्षेत्र आफैँले जलविद्युत आयोजनाको पहिचान तथा विकास गर्नसक्ने भूमिका थप गर्न माग गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । उनले रोयल्टी बढाउने प्रस्तावलाई फिर्ता लिन पनि माग गरे । कार्कीले जलविधुतको क्षेत्रमा बितिय व्यवस्थापन अप्ठेरो अवस्थामा रहेकामा अन्य धेरै सुझाव दिइएको उल्लेख गरे ।

इप्पानले प्रस्तावित विधेयकमा सबै तहको सरकारलाई क्षमताअनुसार अधिकार बाँडफाँट गरेजस्तो देखिए पनि सिमाना नदी र राष्ट्रिय ग्रिडमा जोडिने विद्युत आयोजनाका कारण स्थानीय सरकारले कुनै पनि आयोजनाको अधिकार नपाउने संभावना रहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ३ : ५६ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०