ताइवानमाथि चीनको सैन्य दबाब बढ्दो | Khabarhub Khabarhub

ताइवानमाथि चीनको सैन्य दबाब बढ्दो


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानमाथि निरन्तर सैन्य एवं कूटनीतिक दबाब बढाएको चीनले अब मनोवैज्ञानिक दबाब पनि बढारहेको छ । स्वशासित ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा लिएको बेइजिङले ताइपेइमाथि पुनः नियन्त्रण कायम गर्ने मनसुवा निरन्तर व्यक्त गर्दै आएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग पुनःएकीकरण हुनैपर्नेमा जोड दिँदै आएका छन् भने देशको पुरानो प्रान्तलाई मुख्यभूमिमा गाभ्न आवश्यक परेमा बल प्रयोग गर्न पछि नपर्ने चेतावनी पनि दिँदै आएका छन् । यद्यपि आफ्नै संविधान र प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार भएको ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा पृथक मान्दै आएको छ ।

चीनले आइतबार बिहानैदेखि ताइवान वरिपरि २८ वटा लडाकु विमान उडाएको छ । ताइवानी अधिकारीहरूका अनुसार अधिकांश ती विमानले ताइवान र चीनको मुख्य भूमिलाई छुट्याउने जलमार्गको मध्य रेखा पार गरेर स्वशासित टापुको दक्षिणपूर्व र दक्षिणपश्चिम हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेका छन् ।

चीनले लामो दूरीका अभ्यास र तालिम ‘मिसन’ सञ्चालन गरिरहेको तथा ताइवानी रक्षा स्थितिको निगरानी गरिरहेका ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । पछिल्ला चिनियाँ गतिविधिले बेइजिङ र ताइपेईको सम्बन्ध अनपेक्षित रुपमा चिसिएको छ ।

गत हप्ता साता पनि चिनियाँ लडाकु विमान र जहाज ताइवानी जलक्षेत्र र आकाशमा बारम्बार उडाइएका थिए । बेइजिङले यस महिना ताइवान ‘स्ट्रेट’ बाट संयुक्त राज्य अमेरिका र क्यानडाका दुईवटा जहाज पार भएपछि बेइजिङले आफ्ना सेनाहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको बताइएको छ ।

ताइवानको रक्षा मन्त्रालयले गत बुधबार र बिहीबार बिहान पनि टापुको वरिपरि ६८ चिनियाँ विमान र १० नौसैनिक जहाज निरन्तर उडाएर निगरानी गरेको बताएको थियो । गत डिसेम्बर प्रायः दैनिक रुपमा चीनले ७० भन्दा बढी लडाकु विमान ताइवान वरपर उडाएको थियो ।

गत अप्रिलमा ताइवानका राष्ट्रपति साई इङ्ग वेनले क्यालिफोर्नियामा अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि बेइजिङले ताइपेईमाथि एक किसिमको घेराबन्दी गरेर सैन्य अभ्यास गर्दै आएको छ । अमेरिकासँग नजिक रहेको ताइपेईमाथिको बेइजिङको दबाब सामान्य भएको सैन्य विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : २४ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन