ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत पैसा पठाउँदा घर जित्ने मौका « Khabarhub

ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत पैसा पठाउँदा घर जित्ने मौका


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ । स्थापना कालको छोटो समयमै वैधानिक माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन भन्दै उक्त अभियनलाई निरन्तरता दिएको हो ।

पुल्चोकस्थित स्क्वायर होटलमा सम्पन्न पत्रकार सम्मेलनमार्फत ईसेवा मनि ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरि पनि काठमाडौँमा घर योजना सार्वजनिक गरेको छ । यो अभियान  २०८० असोज  १ गतेबाट सुरु भएर २०८१ असार ३१  गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको ईसेवाले जनाएको छ । साथै, यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढवा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितिलाइ थप मजबुत बनाउनका लागि पनि १० महिने यस योजनाले सहयोग गर्ने कम्पनीको विश्वास छ ।

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल तथा बम्पर उपहारमा १ जना विजेताले काठमाडौँमा घर प्राप्त गर्नेछन् ।

अभियानबारे जानकारी दिँदै एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भने, ‘यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो ।  प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकाङ्क्षा भनेको काठमाडौँमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तीमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौ। साथै ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढवा दिइनेछ। यसबाहेक, हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्त्वपूर्ण हिस्सा पनि हो। यो योजना मार्फत, हाम्रो उद्देश्य नेपाली नागरिकको आकाङ्क्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुसी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउन लगनशील भई काम गरिरहेको छ।’

एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले भने, ‘ईसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्त्वपूर्ण योगदान रहेको छ । यस योजना अन्तर्गत, विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु ।’

ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरूलाई डिजिटल माध्यम बाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । ‘यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ ।’

त्यसैगरी, उक्त अभियान बारे ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘यो अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपालीहरू सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुर्‍याउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ विश्वका विभिन्न देशबाट नेपालमा पैसा पठाएर देशलाई यति ठुलो आर्थिक योगदान पुर्‍याउनु हुने ती सहयोगी हातहरू मध्ये केही लाई १० महिने यस अभियान मार्फत हामी विशेष रुपमा सम्मान गर्नेछौँ ।’

यसका साथै ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न  सहभागिता जनाउने कम्पनीले बताएको छ ।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसङ्ख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : २५ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने