कुलदीप यादव बने एसिया कपको सर्वोत्कृष्ट खेलाडी « Khabarhub

कुलदीप यादव बने एसिया कपको सर्वोत्कृष्ट खेलाडी


३१ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – भारतका स्पिनर कुलदीप यादव एसिया कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। फाइनलमा १ विकेट पनि लिन नसकेका यादवले प्रतियोगितमा ५ खेलमा ९ विकेट लिएका थिए ।

भारतले श्रीलङ्कालाई फाइनललाई हराएर आठौँ पटक उपाधि जित्दा कुलदीपको भूमिका महत्त्वपूर्ण रह्यो । उनले फाइनलमा १ ओभर गर्दै १ रन दिए ।

कुलदीपले ५ खेलमा २८ ओभर ३ बल गरे र यस क्रममा १ सय ३ रन दिँदै ९ विकेट लिए । उनले पाकिस्तानसँगको खेलमा २५ रन दिँदै ५ विकेट लिए ।

यस्तै एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रमादासा रंगलशालामा सम्पन्न खेलमा आयोजक श्रीलंकलाई भारतले १० विकेटले पराजित गर्‍यो ।

श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले केबल ६ ओभर १ बलमा भेट्टायो । भारतका लागि शुभमन गिलले २७ र इसान किसनले २३ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ५० रनमै अल आउट भएको थियो ।

श्रीलंका १५ ओभर २ बलमा केबल ५० रनमा समेटियो । खेलमा श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशन हेमन्थाले १३ रन जोडे । श्रीलंकाका अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सिराजले ६ तथा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ८ : ४३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४