स्नेक प्लान्ट किन घरभित्र राखिन्छ ? यसका फाइदा थाहापाउनुहोस् « Khabarhub

स्नेक प्लान्ट किन घरभित्र राखिन्छ ? यसका फाइदा थाहापाउनुहोस्


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.4k
Shares
  • change font
  • change font
  • change font

गमलामा विभिन्न किसिमका फूल तथा वनस्पतिहरू सजाएर राखेको हामीले देख्दै आएका छौँ ।

केही फूल तथा वनस्पतिहरू घर बाहिर सजाएर राखिएका हुन्छन् भने केही घरभित्रै पनि हुन्छन् । फूल तथा बोटबिरुवाले घरको सौन्दर्य बढाउने मात्र नभइ मानिसका लागि धेरै फाइदा पनि दिन्छ ।  यसैमध्येको एक हो स्नेक प्लान्ट ।

अधिकांश घर तथा कार्यालयमा स्नेक प्लान्ट लगाएको पाइन्छ । नेपालमा करिब २० किसिमका स्नेक प्लान्ट पाइन्छ । यो प्लान्ट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । सर्प जस्तो देखिने यो बिरुवा रोप्नुका आफ्नै फाइदाहरू छन् । यो प्लान्ट घर भित्र राख्दा यसले हावा शुद्ध बनाउने काम गर्छ ।

स्नेक प्लान्टले कार्बनडाइअक्साइड शोषण गरेर अक्सिजन उत्पादन गरिरहन्छ । त्यसैले धेरैले यसलाई घरको प्यासेज, वा बैठक कोठामा राख्ने गर्दछन् ।

स्नेक प्लान्टले रातमा समेत अक्सिजन उत्सर्जन गर्ने गर्दछ । यसलाई बेडरुममा राख्दा रातमा गहिरो तथा राम्रो निद्रा लाग्ने तथा हावामा रहेका श्वासप्रश्वास सम्बन्धी रोगहरू बढाउने केही हानिकारक रसायनहरू जस्तै– जाइलिन, ट्राइक्लो–रेथिलिन, टोल्युइन, बेंजिन र फर्मल्डिहाइडलाई हटाउने कार्य गर्दछ ।

स्नेक प्लान्टको हेरचाह कसरी गर्ने ? 
यो प्लान्ट अरु प्लान्ट भन्दा हुर्काउन निकै सजिलो छ यसलाई धेरै पानी पनि हाल्नु पर्दैन महिनाको दुई पटक पानी हाल्दा पुग्छ ।  यसलाई हल्का घामको आवश्यकता पर्छ, समय–समयमा यसका पात काटिरहनुपर्छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : २३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन