आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ? | Khabarhub Khabarhub

आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ?


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै  र तराईका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ६ : ३० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः