उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गएराति चीनको राजधानी बेइजिङ पुगेका छन् । 

बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरे ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् । 

उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा आज द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ । वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालय सदस्य तथा स्टेट काउन्सिलर हुन् । उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुनेछन् । उनले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ ।

यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यहाँ रहँदा उनले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन कमाण्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ०० बजे

नवीकरणीय ऊर्जालाई प्राथमिकता दिन ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भावी जलवायु

घरायसी बिजुलीको बिलमा भ्याट हटाउने बेलायत सरकारको घोषणा, वार्षिक करिब ४५ पाउन्ड बचत हुने

लन्डन- बेलायत सरकारले आगामी अक्टोबर १ देखि घरायसी विद्युत् महसुलमा

नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको

नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

बिलखबन्दमा रवि : महाधिवेशनको २५ दिन बित्दा पनि टुंग्याउन सकेनन् केन्द्रीय सदस्य र पदाधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सकिएको २५ दिन बितिसकेको