डेंगुबाट जोगिन के गर्ने ? « Khabarhub

डेंगुबाट जोगिन के गर्ने ?


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मुलुकमा फैलिरहेको डेंगुको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। अझै पनि देशभर डेंगु संक्रमित फेला परिरहेका छन्। पानी जम्ने ठाउँमा पाइने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले टोक्दा यो रोग लाग्ने गर्छ। जनरल फिजिसियन डा. लक्ष्मण ठाकुरसँग खबरहबका लागि गरेको कुराकानीको सम्पादित अंश :

डेंगु संक्रमणको अवस्थालाई हामीले कसरी लिन सक्छौँ ?
साधारण ज्वरो आएर आएका बिरामीमा पनि जाँच गर्दा डेंगु देखिएको छ। पहिला तराईका धेरै गर्मी हुने ठाउँमा लामखुट्टेबाट सर्ने यो समस्या धेरै थियो। तर, अहिले उपत्यकासहित पहाडी भेगमा पनि बिरामी धेरै देखिएका छन्। सामान्य अवस्थामा मानिसलाई धेरै असर नभए पनि डेंगुका केही बिरामीमा अति नै समस्या देखिने भएकाले भएकोले सचेत हुनु आवश्यक छ। यसले जटिल अवस्था ल्याउँने देखिन्छ। चिसो बढ्यो भने कम हुन्छ कि भन्ने अपेक्षा भने गर्न सकिन्छ।

डेंगुले कस्तो व्यक्तिमा धेरै जोखिम वा गाह्रो बनाउने हो ?
डेंगुको ज्वरो तीन भागबाट गुज्रिन्छ। एउटा सुरुमा ज्वरो आउने जुन तीनदेखि सातदिनसम्म कसैलाई पनि ज्वरो आउने हुन्छ। सँगसँगै जिउ, टाउको र आँखाको गेडीहरू दुख्ने हुन्छ। डेंगुले शरीरमा रातो रातो बिमिरा दाग आउने हुन्छ। यो सामान्य अवस्थामा पनि हुन्छ। यसपछि चाहिँ कोही बिरामीहरू फिभर फेसबाट क्रिटिकल फेजमा पुग्छन्। त्यस्तो बिरामीलाई हामीले कहिले काहीँ यो डेंगुसँग सम्बन्धित समस्या आइपर्ने हुन्छ। हामीले पहिला नै पहिचानको लागि (डेंगी विथ वार्निङ साइन र डेंगी विथ आउट वार्निङ साइन) भनेर भाग गर्ने गरिन्छ।

वार्निङ साइनमा हामीले पेट दुख्ने वान्ता भइराख्ने, शरीर सुनिएर श्वास प्रश्वासमा समस्या आउने, कसैलाई टाउको धेरै दुखेर होस हराउने समस्यासमेत आउने हुन्छ। ल्याबबाट हामीले हेर्दा डेंगुको चारदेखि पाँच दिन पछाडिबाट कहिलेकाही प्लेटलेट्सको संख्या घट्ने हुन्छ। त्यो सँगै रगत बाक्लो हुने हुन्छ। यस्तो बिरामीलाई हामीले अस्पतालमा नै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ। सामान्य लक्षण मात्र भएका बिरामीहरूले औषधि लगेर घरमा नै बस्दा पनि हुन्छ। हाम्रो रगत बग्ने सानासाना नसाबाट प्लाज्मा लिकेज भएर शरीरको विभिन्न भाग सुनिने, शरीरमा बाहिर पानी भरिने समस्या आउँछन्। सँगसँगै प्रेसर घटेर जाने हुन्छ। यो डेंगु जोखिम पूर्ण हुन्छ।

डेंगुको कस्तो लक्षण वा अवस्थामा हामी घरैमा बस्न सक्छौँ र कस्तो अवस्थामा अस्पताल नै जानुपर्छ ?
कसैलाई ज्वरो आएको छ भने डेंगु संक्रमण हो या होइन भनेर जाँच गर्नुपर्दछ। डेंगु संक्रमण अरु ज्वरो भन्दा फरक हुन्छ किनभने ज्वरो निको भएपछि पनि डेंगु संक्रमण क्रिटिकल फेजमा जानसक्छ। ज्वरो १०४ सम्म जानसक्छ। धेरै टाउको दुख्छ। आँखाको गेडी बाहिर निस्केला जस्तो भएर दुख्छ। कसैमा वान्ता हुने खाना नरुच्ने, झाडा पखाला लाग्ने हुन्छ। यस्तो लक्षण देखापर्यो भने हामीले दुखाई कम गर्ने औषधि खानु हुँदैन। डेंगु संक्रमण पुष्टि भएपछि नियमित ज्वरो निको भए पनि केही दिनसम्म जाँच गर्नुपर्दछ। त्यसमा रगत बढेर बाक्लो हुने हुन्छ। पेटहरू दुख्ने, शरीरको कुनै भागबाट रगत बग्यो भने अस्पताल जानु पर्दछ।

एक पटक डेंगु संक्रमण भएर निको भएपछि फेरि हुन्छ कि हुँदैन ?
डेंगुको चार वटा सिरोटाइप हुन्छ। पहिला नै भएको संक्रमण सिरोटाइप छ भने त्यसले नै पछि पनि संक्रमण गराउने सम्भावना हुँदैन। अरु कुनै पनि सिरोटाइपले हुनसक्ने सम्भावना हुन्छ।

आफूलाई कुन खालको डेंगु लागेको छ भनेर घरैमा थाहा पाउन सकिन्छ कि ?
हाम्रो जाँचमा यो आउँदैन। डेंगु संक्रमण महामारी विज्ञान शाखाहरूले यो सिरोटाइपले भएको यो सहरमा भनेर पत्ता लगाएको हुन्छ। जुन हरेक बिरामीलाई यो सिरोटाइपले भएको भनेर थाहा हुँदैन।

डेंगु संक्रमण भएपछि कस्तो खाना खाने ?
खानामा धेरै रोक्नु पर्ने छैन। तर, पाचन शक्तिमा सहज हुने खाना खानु राम्रो हुन्छ। यस्तो खानाले कब्जियत हुन दिँदैन। नरम खाना खाँदा हुन्छ। प्लेटेलेट्सको संख्या बढाउन झोलिलो खानेकुरा, फलफूल लगायतको खान खाँदा छिटो स्वस्थलाभ गर्न सकिन्छ। प्लेटलेट्सको संख्या विशेष कुनै खाने कुरा नखाएर पनि केहि दिनमा फेरि सामान्य अवस्थामा फर्कन सकिन्छ।

डेंगुबाट जोगिन के के गर्न सकिन्छ त ?
सबैभन्दा पहिला ज्वरो आउँदा के हो भनेर पुष्टि गर्नुपर्छ। ज्वरो आएपछि प्यारासिटामोल भन्दा बाहेक अरु औषधि लिनु हुँदैन। प्यारासिटामोल दिनमा चारदेखि ६ वटासम्म लिन सकिन्छ। प्रशस्त पानी खाने नरम खाना खाने गर्नुपर्छ। धेरै मानिसहरूले आफूलाई थाहा भएको औषधिहरू खाने गर्नु भएको छ। त्यसले ग्याष्टिक बढाउने प्रेसरहरू बढाउने सम्भावना धेरै हुन्छ। चिकित्सकको सल्लाह नलिइकन औषधि खानु हुँदैन।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ०७ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक