जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम « Khabarhub

जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिका–४ मा जिरेल महिला समूहका ११ जना महिलाको सहभागितामा सञ्चालन भएको नौमती बाजा बजाउने दोस्रो चरणको तालिम सम्पन्न भएको छ।

१० दिनसम्म सञ्चालन भएको तालिममा सहभागी महिलाहरूले अघिल्लो चरणमा सिकेको आधारभूत सीपलाई थप परिष्कृत गर्दै व्यावहारिक अभ्यास गरेका थिए। तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आयआर्जन तथा सामाजिक गतिविधिमा उपयोग गर्न आग्रह गरिन । 

वडा अध्यक्ष पदेमान जिरेलको अध्यक्षतामा आयोजित  तालिम समापन कार्यक्रममा उनले वडा तथा नगरले दिने यस्ता तालिमले महिलाहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै स्थानीय कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरिन।

तालिम समापन तथा प्रमाणपत्र वितरण गर्दै नगर प्रमुख मित्र जिरेलले स्थानीय कला, संस्कृति तथा परम्परागत बाजाको संरक्षण र प्रवर्द्धनमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नौमती बाजा जस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि नगरपालिका निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

जिरेल महिला समूहकी अध्यक्ष सिर्जना जिरेलको नेतृत्वमा सञ्चालन भएको उक्त तालिमले महिलाहरूको क्षमता अभिवृद्धिसँगै सांस्कृतिक सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  १ : ३६ बजे

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी

रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग

काठमाडौं – गायिका समीक्षा अधिकारीले रसुवा बाढी पीडितलाई खाद्यान्न सहयोग

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

चितवन– प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ

रसुवा बाढीका कारण बिक्कीले रोके फिल्म ‘ककाकिकी’को रिलिज

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले देशको अवस्था असमान्य

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा