देश/प्रदेश

चितवन उद्योग सङ्घको अध्यक्षमा न्यौपाने चयन 

By खबरहब

October 17, 2023

चितवन– चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार अबेर सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे चयन भए ।

यस्तै, कार्यसमिति सदस्यहरूमा उमाकान्त पौडेल, युवराज पाठक, सन्तोष बम्जन, खिलप्रसाद घिमिरे, रमेश नेपाली, रामहरि कँडेल, गोविन्द प्रसाद खनाल, महेन्द्र बहादुर बानियाँ छन् । 

यसैगरी, दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, विशाल चापागाइँ, अर्जुन सापकोटा, ईश्वरी रिजाल, डा. गिरीराज भन्तना, रमेश चन्द्र पुरी, ओमकार कँडेल, अनिल अग्रवाल, आनन्द पौडेल, सिर्जना सोती, अश्विन गोले पनि सदस्यमा चयन भएका छन्।