भूकम्पले क्षति गरेको कालिका मन्दिर र रङ्गमहलको जिर्णोद्धार « Khabarhub

भूकम्पले क्षति गरेको कालिका मन्दिर र रङ्गमहलको जिर्णोद्धार


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

गोरखा– विनाशकारी गोरखा भूकम्पले क्षति गरेको गोरखाको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । 

भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो । मन्दिरको झ्यालढोकामा समेत मर्मत गर्नुपर्ने अवस्था भएपछि मन्दिर जिर्णोद्धार गरिएको हो ।

राष्ट्रिय पुरातत्व विभागले मन्दिर जिर्णोद्धारका लागि विसं २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७९ असार १५ जिर्णोद्धार सक्नुपर्ने भए पनि नसकेपछि पुनः म्याद थप गरी ढिलो गरेर काम सम्पन्न गरेको हो ।

मन्दिर जिर्णोद्धारका क्रममा भित्र स्थायी टेका लगाउनुका साथै भुइँमा तेलिया बिछ्‌याइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए ।

त्यस भूकम्पले क्षति गरेको रङ्गमहल पनि मर्मत गरिएको प्रमुख भुसालले जानकारी दिए । एक करोड ९५ लाख लागतमा कालिका मन्दिर र रङ्गमहलको प्रबलीकरण गरिएको हो । पुराना संरचना कमजोर देखिएको भागको मात्र मर्मत गरिएको प्रमुख भुसालको भनाइ छ ।

मन्दिर जिर्णोद्धारकाे काम सम्पन्न भएपछि सर्वसाधारणका लागि समेत पूजाआजाका लागि खुला गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ११ : ४५ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र