निर्माणको दशकपछि बसपार्क सञ्चालन « Khabarhub

निर्माणको दशकपछि बसपार्क सञ्चालन


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा– नेपालको पूर्वीनाका काँकडभिट्टाको पूर्वाधारयुक्त बसपार्क निर्माणको एक दशकपछि आजबाट सञ्चालनमा आएको छ। काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–७ को प्याराभिट्टामा बसपार्क निर्माण गरिएको थियो । 

दसैँको अवसर पारेर आज मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले एक कार्यक्रमबीच बसपार्क सञ्चालनको विधिवत् रुपमा सुरुवात भएको घोषणा गरे । काँकरभिट्टाबाट लामो र छोटो दूरीका दैनिक पाँच सय बस सञ्चालन हुँदै आएका छन् । बजारको बीचमै रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेकाले खुल्ला र फराकिलो स्थानमा बनेको बसपार्कबाट सेवा थालिएको नगरप्रमुख बुढाथोकीको भनाइ छ । 

दशकौँ पछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी पूर्वीद्वार काँकडभिट्टाबाट एक किलोमिटर पश्चिमतर्फ राजमार्गकै छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण गरिएको थियो । डेढ सयदेखि दुई सय बस एकैपटकमा पार्किङ गर्न सक्ने क्षमताको नवनिर्मित प्यारीभिट्टा बसपार्क १० वर्षदेखि प्रयोगविहीन बनेको थियो ।

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख  र नगर विकास कोषको ऋणबाट रु सात करोड ७७ लाख ७२ हजार जुटाएर संयुक्त लगानीमा प्यारीभिट्टा बसपार्क निर्माण गरेको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटी लगायत १२ जनाले पाँच विगाहा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए । 

विसं २०६८ असार १९ गते शिलान्यास कार्यक्रम नगरी दमकको लामा मैनाचुली शिवशक्ति जेभीले बसपार्कको निर्माणकार्य थालनी गरेको थियो । दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको औपचारिक उद्घाटन २०७४ भदौ १५ गते तत्कालीन नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रवीन कोइरालाले संयुक्त रुपमा गरेका थिए ।

निर्माण भएको चार वर्षपछि उद्घाटन भएको बसपार्क बल्ल १० वर्ष बित्दा सञ्चालनमा आएको जग्गादाता शिवकुमार थापाले बताए । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट पनि बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्य बत्तीको पर्याप्त व्यवस्थाका साथै खानेपानी र शौचालयको समेत व्यवस्था मिलाइएको छ । राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्गलाई कालोपत्र गरिएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १ : ४० बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर