मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो « Khabarhub

मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो दुई महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ ।  रकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्यांकअनुसार मरमसलामा ४५ दशमलव ४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ । त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७ दशमलव ८६, तरकारीमा १४ दशमलव ५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३ दशमलव ३८ र दुग्ध पदार्थ तथा अण्डामा १२ दशमलव ६० प्रतिशत मूल्य बढेको छ । यो अवधिमा घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने १३ दशमलव ०८ प्रतिशतले घटेको छ ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव ५५, विविध वस्तु तथा सेवाहरू १२ दशमलव २१ प्रतिशत, शिक्षा क्षेत्रमा नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुमा आठ दशमलव ११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा  छ दशमलव ५९ प्रतिशतले मूल्य बढेको छ । भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फीति शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।

यो अवधिमा काठमाडौँ उपत्यकाको मुद्रास्फीति नौ दशमलव ८३ प्रतिशत, तराईको सात दशमलव ०३ प्रतिशत, पहाडको आठ दशमलव ०९ प्रतिशत र हिमालको ११ दशमलव ३२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : २४ बजे

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२