दुई दिन देखि बेपत्ता एक पुरुष मृत फेला « Khabarhub

दुई दिन देखि बेपत्ता एक पुरुष मृत फेला


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय इन्द्रबहादुर बस्नेत मृत भेटिएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । बेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नासाथ खोजी कार्य ब्यापक बनाइएको थियो ।

उनी सोही भेरी नगरपालिका १२ स्थित सालविसौनाको जंगलमा भीरबाट लडेर करिव १५० मिटर तल खसी मृत अवस्थामा भेटिएको स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए । उक्त खबर पाए लगतै प्रहरी चौकी कुदुबाट प्रहरी नायब निरीक्षक रामसिंह धामीको नेतृत्वको  टोली घटनास्थलमा पुगेको  थियो । 

उक्त घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ४ : ३८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना