५० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट « Khabarhub

५० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– चाडपर्व नजिकिँदै गएपछि सल्यानमा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा ५० हजार बराबरको म्याद गुज्रेका गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको छ।

जिल्लाको शारदा नगरपालिकाका प्रमुख व्यापारिक क्षेत्रहरू श्रीनगर, खलंगा, बरला, साहुटोल, पीपलनेटा, दुलधारा पोखरा र मार्केमा बजार अनुगमन गर्दा झन्डै ५० हजार बराबरको गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको शारदा नगरपालिका उपमेयर सुस्मिता सापकोटाले जानकारी दिइन्।

किराना पसल, खाद्यान्न पसल, मदिरा पसल, सप्लायर्स लगायतको अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरीतका विभिन्न सामग्री नष्ट गरिएको उनको भनाइ छ।

चाडपर्वका वेला व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, महँगी नियन्त्रण र गुणस्तर कायम गर्न नगरपालिकाले अनुगमन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाधर बबालले बताए। उनले भने, ‘व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी नहोस् भन्नका लागि अनुगमन गरेका हौँ।’ 

नगरले नियमित अनुगमन गर्दै आइरहेको बताउँदै चाडपर्वमा किनमेलका लागि भीडभाड बढी हुने भएकाले म्याद गुज्रेका र अखाद्य वस्तु मिलाएर आउने भएकाले त्यसको नियन्त्रणका लागि अनुगमन प्रभावकारी बनाउने योजनानुसार चाडपर्व अनुगमनलाई तीव्रता दिइएको बबालले बताए।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ४ : ४० बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन