फाइल तस्वीर

देश/प्रदेश

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच, अवस्था सामान्य

By खबरहब

October 17, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।

छातीमा समस्या देखा परेपछि निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार प्रधानमन्त्री प्रचण्ड आज थापाथलीमा रहेको नर्भिक अस्पताल पुगेका हुन् । चेकजाँचपछि उनको अवस्था सामान्य रहेको डाक्टरहरुले बताएका छन् ।

प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार प्रचण्ड आज नै निवास फर्कने छन् । प्रधानमन्त्री प्रचण्ड मंगलबार एकैदिन धेरै कार्यक्रमहरूमा सहभागी भएका थिए।