लेक लागेर बिरामी परेका तीन जनाको हेलिकप्टरबाट उद्धार | Khabarhub Khabarhub

लेक लागेर बिरामी परेका तीन जनाको हेलिकप्टरबाट उद्धार


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

गोरखा – उत्तरी गोरखाको साम्दोमा लेक लागेर बिरामी परेका तीनको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

चुमनुव्री गाउँपालिका–१ साम्दोबाट लेक लागेर बिरामी परेका गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका वसन्त घिमिरे, चितवनको भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको हेलिकप्टरमार्फत उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

बिरामीलाई एयर डाइनेष्टिको हेलिकप्टरमार्फत साम्दोबाट उद्धार गरी काठमाडौँ पु¥याइएको उनले बताए । लार्केपासका लागि गएका तीनै जनालाई साम्दोमा पुगेपछि लेक लागेको थियो । उद्धारका लागि हेलिकप्टर पुगेलगत्तै हिउँ परेपछि केहीसमय हेलिकप्टर उड्न समस्या परेको थियो ।

गोरखाको अन्तिम गाउँ साम्दो समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटर उचाइमा पर्दछ । उनीहरु बिरामी परेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बिरामीको उद्धारका लागि गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाइँ त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ९ : २९ बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै