इजरालयबाट सकुशल उद्धार गरेको भन्दै भारतीय विद्यार्थीले दिए प्रधानमन्त्री मोदीलाई धन्यवाद « Khabarhub

इजरालयबाट सकुशल उद्धार गरेको भन्दै भारतीय विद्यार्थीले दिए प्रधानमन्त्री मोदीलाई धन्यवाद


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- हमासको आक्रमणको चपेटामा परेको इजरायलबाट आफूहरुलाई सकुशल स्वदेश फर्काएको भन्दै भारतीय विद्यार्थीहरुले सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

इजरायलबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन भारतले सञ्चालन गरेको ‘अपरेशन अजय’ नामक उद्धार अभियानमार्फत् स्वदेश फर्कन लागेका विद्यार्थीहरुले भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै सरकारलाई धन्यवाद दिएका हुन् ।

इजरायलबाट स्वदेश फिर्ता हुन लागेका भारतीय विद्यार्थी विशेषले एएनआईसँग भने, ‘म धेरै खुशी छु, यहाँ त्रासको वातावरण छ, अब हामी घर जाँदैछौँ । हामीलाई उद्धार गरेकोमा भारत सरकारलाई धेरै धेरै धन्यवाद ।’

त्यसैगरी, इजरायलको राजधानी तेल अभिभमा रहेको विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ विषय लिएर मास्टर्स अध्ययन गरिरहेका अर्का विद्यार्थी हर्षले पनि अपरेशन अजयमार्फत् सरकारले आफूहरुको उद्धार गरेकोमा खुशी व्यक्त गरे ।

एएनआईसँग उनले भने, ‘अपरेशन अजयमार्फन् मोदी सरकारले हामीलाई सहयोग गरेकोमा खुशी छौँ । अहिलेको अवस्थाप्रति मेरा आमाबाबुलाई धेरै चिन्ता लागेको थियो । घर फर्किन पाउँदा खुशी छौँ ।’

हाल इजरायलमा १८ हजार भारतीयहरु रहेको बताइएको छ । हमासले इजरायलमाथि हमला गरेसँगै विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : ०७ बजे

लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली

गोरखा– प्रशारण लाइन बिस्तार भएको करिव चार बर्षपछि लाप्राकमा केन्द्रीय

नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक

काठमाडौं – नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ

महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछः महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले ११औँ

निर्वाचन आयोगमा बल्ल दर्ता भयो कुलमानको उज्यालो नेपाल पार्टी

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङसहितको भनिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा

बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान