कर्णाली प्रदेश सरकारको प्रथम त्रैमासिक प्रगति सार्वजनिक | Khabarhub Khabarhub

कर्णाली प्रदेश सरकारको प्रथम त्रैमासिक प्रगति सार्वजनिक


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारको प्रथम त्रैमासिक प्रगति सार्वजनिक गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले आज आयोजना गर्नुभएको पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा चालु आव २०८०/०८१ को तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कामको प्रगति सार्वजनिक गरेका हुन् ।

नजिकिँदै गरेको विजयादशमी, तिहार तथा छठपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा देशभरिका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले सीमित साधन स्रोत, जनशक्तिको अभावका बीचबाट प्रदेश सरकारले यहाँका नागरिकहरुको आर्थिक सम्पन्नता र सामाजिक न्यायको प्रत्याभूति हुने गरी काम थालेको बताए।

मुख्यमन्त्री शर्माले चालु आवको नीति तथा बजेट निर्माण र स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको, लगानी सम्मेलनको तयारी भइरहेको, स्वीट्जरल्याण्ड भ्रमणमा प्रदेशको आर्थिक विकासका लागि प्रस्ताव तयारी गरी लगानीबारे छलफल भइरहेको, विभिन्न खाले प्राकृतिक विपद्मा परी क्षति पुगेका कृषकलाई रु छ करोड राहत उपलब्धलगायतका कामलाई प्रथम त्रैमासिक उपलब्धिका रुपमा उल्लेख गरे ।

उहाँका अनुसार यस अवधिमा प्रदेशसभाबाट कर्णाली प्रदेश विनियोजन र आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन पारित भएका छन् । तीन वटा विधेयक सभामा दर्ता भई विषयगत समितिमा छलफल भइरहेको र नौ वटा विधेयकको मस्यौदा निर्माणको कार्य भइरहेको मुख्यमन्त्री शर्माले बताए।

त्यसैगरी, प्रदेश सरकारका सचिव आनन्द सारुले सरकार साउनयता सहायकस्तरका तीन सय ६० कर्मचारीलाई नियुक्तिका लागि सिफारिस गरिसकेको जानकारी दिए । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गरी कार्य सञ्चालन गरेको जनाउँदै उनले सरकारले दश कार्याविधि र तीन मापदण्ड निर्माण गर्नुका साथै विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको लगायतका ४४ बुँदे कार्य प्रगतिपत्र सार्वजनिक गरे ।

‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को उद्देश्य पूरा गरी सरकारलाई जनउत्तरदायी बनाउन अगाडि बढेको प्रदेश सरकारले कृषि र वन पैदावरका माध्यमबाट रोजगारी सिर्जना गर्ने र त्यसबाट स्वरोजगार हुने वातावरण तयार गर्ने बताएको छ । यसका लागि विषयगत मन्त्रालय, आयोग र मातहत निर्देशनालय तथा जिल्ला कार्यालयलाई बजेट कार्यान्वयनमा जोड दिन निर्देशन गरिएको बताइएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, प्रदेश सरकारका कायममुकायम सचिव चूडामणि पौडेल, प्रदेश सचिवहरु तथा पत्रकार सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : १७ बजे

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण गरिँदै

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाड‌ौं -दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प

धरहराबाट एक महिना ५५ लाख राजस्व सङ्कलन

काठमाडौं – विसं.. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका