दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको ऐतिहासिक जित | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको ऐतिहासिक जित


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एकदिवसीय विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित हात पारको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको हो ।

वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ रन बनाए । त्यस्तै केशव महाराजले ४०, हेनरिच क्लासेनले २८, जेराल्ड कोट्जीले २२ तथा क्वीनटन डी ककले २० रन बनाए ।

नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ तथा पाउल भान मिकरेन, रोलफ भान डर मर्वे र बास डी लिडले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । त्यस्तै रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रन बनाए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ११ : ३४ बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार