विश्वकप क्रिकेट : आइतबार भारत र अष्ट्रेलियाबीच उपाधि भिडन्त « Khabarhub

विश्वकप क्रिकेट : आइतबार भारत र अष्ट्रेलियाबीच उपाधि भिडन्त


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको फाइनल खेलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । 

खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार हुनेछ । भारतले सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

जारी विश्वकपमा भारतले अपराजित रहँदै लिगका सबै खेल जितेको छ ।

विश्वकपमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म ५ पटक विश्वकपको उपाधि जितेको छ । भारतले २ पटक मात्रै विश्वकपको उपाधि उचालेको छ ।

अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको छ भने भारतले सन् १९८३ र २०११ मा उपाधि प्राप्त गरेको थियो । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ४७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज