युरोकप छनोट : स्पेनद्वारा साइप्रस पराजित « Khabarhub

युरोकप छनोट : स्पेनद्वारा साइप्रस पराजित


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए युरोकप छनोट फुटबलमा स्पेनले सहज जित निकालेको छ । गएराति भएको खेलमा साइप्रसलाई ३–१ गोल अन्तरले हराउँदै स्पेन विजयी भएको हो ।

स्पेनका लागि १६ वर्षीय खेलाडी लामिन यमल, माइकल ओर्यजाबालजोसेलुले एक–एक गोल गरेका थिए । यस्तै, साइप्रसका कोस्टास पिलेसले एक गोल फर्काए ।

स्पेनका लागि खेलेका बार्सिलोनाका १६ वर्षीय युवा स्ट्राइकर यमलले सेप्टेम्बरमा जर्जियाविरुद्ध गोल गर्दै कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए ।

यो जितसँगै स्पेन ७ खेलबाट १८ अंकका साथ समूह ‘ए’ को शीर्षस्थानमा छ । पराजित भएको साइप्रस पाँचौँ स्थानमा छ । यस्तै, स्कटल्याण्ड १६ अंकसहित दोस्रो तथा १० अंक भएको नर्वे तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ३० बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका