युरोकप छनोटमा पोर्चुगलसँग लिक्टेन्सटाइन पराजित « Khabarhub

युरोकप छनोटमा पोर्चुगलसँग लिक्टेन्सटाइन पराजित


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटमा पोर्चुगल विजयी भएको छ । गएराति भएको खेलमा लिक्टेन्सटाइनलाई २–० गोलले हराउँदै पोर्चुगल विजयी भएको हो ।

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो र जोआओ कन्सेलोलेले एक–एक गोल गरेका थिए । रोनाल्डोले ४६औँ र कन्सेलोले ५७औँ मिनेटमा टोलीका लागि गोल गरेका थिए ।

युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौँ जित हो । युरोकपका लागि यसअघि नै छनौट भएको समूह ‘जे’ मा रहेको पोर्चुगल ९ खेलबाट २७ अंकसहित शीर्षस्थानमा छ । 

पोर्चुगलले यसअघि नै जर्मनीमा आयोजना हुने युरोकपमा स्थान बनाइसकेको छ । पराजित भएको लिक्टेन्सटाइनले ९ वटै खेलमा हार बेहोरेको छ । यस्तै, स्लोभाकिया १९ अंकसहित दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ८ : २८ बजे

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली