युरोकप छनोटमा पोर्चुगलसँग लिक्टेन्सटाइन पराजित « Khabarhub

युरोकप छनोटमा पोर्चुगलसँग लिक्टेन्सटाइन पराजित


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटमा पोर्चुगल विजयी भएको छ । गएराति भएको खेलमा लिक्टेन्सटाइनलाई २–० गोलले हराउँदै पोर्चुगल विजयी भएको हो ।

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो र जोआओ कन्सेलोलेले एक–एक गोल गरेका थिए । रोनाल्डोले ४६औँ र कन्सेलोले ५७औँ मिनेटमा टोलीका लागि गोल गरेका थिए ।

युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौँ जित हो । युरोकपका लागि यसअघि नै छनौट भएको समूह ‘जे’ मा रहेको पोर्चुगल ९ खेलबाट २७ अंकसहित शीर्षस्थानमा छ । 

पोर्चुगलले यसअघि नै जर्मनीमा आयोजना हुने युरोकपमा स्थान बनाइसकेको छ । पराजित भएको लिक्टेन्सटाइनले ९ वटै खेलमा हार बेहोरेको छ । यस्तै, स्लोभाकिया १९ अंकसहित दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ८ : २८ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका