फिफा विश्वकप छनोट : उरुग्वेसँग अर्जेन्टिना स्तब्ध | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट : उरुग्वेसँग अर्जेन्टिना स्तब्ध


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल छनोटमा उरुग्वेसँग अर्जेन्टिना स्तब्ध भएको छ । आज बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनालाई २–० गोलले हराउँदै उरुग्वे विजयी भएको हो ।

उरुग्वेका लागि रोनाल्ड अरौजोडार्विन नुनेजले एक–एक गोल गरेका थिए । खेलको ४१औँ मिनेटमा अरौजोले गरेको गोलमा ८७औँ मिनेटमा नुनेजले गोल थप्दै उरुग्वेको जितलाई सुनिश्चित बनाए । 

गत वर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो । यस्तै, विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो ।

यो जितसँगै उरुग्वे ५ खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको अर्जेन्टिना १२ अंकसहित शीर्षस्थानमा यथावत छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ०० बजे

खेलकुदमा फर्किएको स्पेनको शान

सन् २००८ र २०१२ मा युरो कपको उपाधि। सन् २०१०

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु

सुर्खेत– रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको

आप्रवासन नीति सच्याउन पोर्चुगलका राष्ट्रपतिसँग माग

 पोर्चुगल–  पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

म्याग्दी– म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको

नैरोबी फ्लाईको संक्रमण कति घातक ?

काठमाडौं – बर्खायाममा लामखुट्टे, सर्प लगायत विभिन्न किटजन्य रोगको संक्रमण