फिफा विश्वकप छनोट : उरुग्वेसँग अर्जेन्टिना स्तब्ध « Khabarhub

फिफा विश्वकप छनोट : उरुग्वेसँग अर्जेन्टिना स्तब्ध


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल छनोटमा उरुग्वेसँग अर्जेन्टिना स्तब्ध भएको छ । आज बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनालाई २–० गोलले हराउँदै उरुग्वे विजयी भएको हो ।

उरुग्वेका लागि रोनाल्ड अरौजोडार्विन नुनेजले एक–एक गोल गरेका थिए । खेलको ४१औँ मिनेटमा अरौजोले गरेको गोलमा ८७औँ मिनेटमा नुनेजले गोल थप्दै उरुग्वेको जितलाई सुनिश्चित बनाए । 

गत वर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो । यस्तै, विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो ।

यो जितसँगै उरुग्वे ५ खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको अर्जेन्टिना १२ अंकसहित शीर्षस्थानमा यथावत छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ०० बजे

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा