इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी, २८ जनाको मृत्यु « Khabarhub

इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी, २८ जनाको मृत्यु


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी– इजरायलले गाजामा रातभर बमबारी गरेको छ । बमबारीका क्रममा २८ जना प्यालेस्टाइनी मारिएका छन् ।

जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जना मारिएका छन् ।

यस्तै, खान युनिसको पूर्वमा रहेको अल कारारामा रहेको एउटा घरमा भएको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका समेत रहेका छन् ।

यसैगरी, रफाहको पूर्वमा भएको बम विष्फोटमा कुखुरा फार्ममा रहेका कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएकाे छ । गाजाको धेरै भागमा सञ्चार ब्ल्याकआउट भएको छ ।

गाजा सहरमा शवहरू भुइँमा नै अलपत्र अवस्थामा छन्, स्थानीय बासिन्दाहरू अहिले ध्वस्त शहरमा इजरायली सेनाले गोली हान्ने डरले तिनीहरूलाई संकलन गर्न असमर्थ छन्।

हवाई आक्रमणले दक्षिणी गाजामा बेकरी र गहुँ मिलहरूमा असर पारेको छ । एउटा कम्पनी भने अझै पनि एन्क्लेभमा पीठो उत्पादन गर्न सक्षम छ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ३१ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार