जानकी र राप्ती सोनारीमा मेलाको तयारी | Khabarhub Khabarhub

जानकी र राप्ती सोनारीमा मेलाको तयारी


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेलाको तयारी सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । 

यस वर्ष यही मङ्सिर ११ देखि १३ गतेसम्म तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए। ‘यु वर्ष पनि विगतका वर्षमा जस्तै भव्यरूपमा मेला सञ्चालन गर्ने तयारी गरिएको छ’, अध्यक्ष खाँले भने, ‘बाँके जिल्लाकै ऐतिहासिक मेला भएकाले यसको व्यवस्थापन तथा सुरक्षाका लागि आवश्यक तयारीको कार्यमा सबै जुटेका छौँ ।’

पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताए।

गुरुवा गाउँ मेलामा हुने भेडा जुधाई प्रतियोगिता हेर्न दर्शकको घुइँचो लाग्ने गरेको स्थानीय रमेश बर्माले बताए । मेलालाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आवश्यक तयारी गरिएको वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जानकारी दिएका छन् । 

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा पनि प्रत्येक वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । यस वर्ष राप्तीसोनारी-२ टिकुलीपुरमा यही मङ्सिर १० देखि डिग्रे मेला सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमारो केसीले जानकारी दिए । 

 मेलामा विद्यालयस्तरीय नृत्य, खेलकुद प्रतियोगिता आयोजनाको तयारी छ । युवालाई खेलकुदमार्फत जोड्नका लागि भलिबल, ब्याडमिन्टनजस्ता खेल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिएका छन् । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ११ : ३४ बजे

Nepatop

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै

गोदावरी–  कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले

एकीकृत समाजवादीले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीको आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज

उपहारको ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक

काठमाडौं– यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम 

पर्वत– सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट

अस्पतालकै फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री 

अछाम – जिल्ला अस्पताल अछामले सञ्चालन गरेको फार्मेसीबाट म्याद नाघेका