टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस « Khabarhub

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । 

अधिवक्ता दिनेश त्रिपाठीले आज सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट पेस गरेका हुन् । योसँगै टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पेस भएका छन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्द गर्ने निर्णयविरुद्ध पेस भएका रिटहरु अध्ययनका क्रममा रहेका छन् । उनले अध्ययनपछि रिट दर्ता हुने वा नहुने भन्ने सम्बन्धमा निर्णय हुनेछ । 

सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाएका छन् । तर पनि प्रयोगकर्ताले विभिन्न तरिकाबाट टिकटक चलाइरहेका छन् । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ११ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु