‘विषाक्त’ कार्य संस्कृतिको दाबीमा कारवाही गर्ने बेलायती रक्षा मन्त्रालयको प्रतिबद्धता « Khabarhub

‘विषाक्त’ कार्य संस्कृतिको दाबीमा कारवाही गर्ने बेलायती रक्षा मन्त्रालयको प्रतिबद्धता


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको रक्षा मन्त्रालयले शुक्रबार दर्जनौँ वरिष्ठ महिला कर्मचारीहरूले मन्त्रालयभित्र ‘शत्रुतापूर्ण’ र ‘विषाक्त’ वातावरण तथा यौन दुर्व्यवहार र उत्पीडनको गुनासो गरेपछि ‘कारबाही’ गरिरहेको बताएको छ । 

दि गार्जियन अखबारका अनुसार मन्त्रालयको मुख्यालय तथा अन्य स्थानमा नागरिक भूमिकामा काम गर्ने करिब ६० महिलाले गत महिना आफ्ना शीर्ष निजामती कर्मचारीलाई पत्र लेखेर गुनासो गरेका थिए । कथित अनुभवहरूको बेनामी साक्षीहरूसँगै पत्रमा महिला कर्मचारीहरूलाई पुरुष कर्मचारीहरूद्वारा प्रस्ताव गरिएको, जबरजस्ती छोएको र बारम्बार छोएको दाबी गरिएको थियो । 

‘हामीले उठाइएका गम्भीर मुद्दाहरूको सम्बोधन गर्न कारबाही गरिरहेका छौँ’, गार्जियनको समाचारपछि बेलायतको सबैभन्दा ठूलो सरकारी विभागमध्येको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘कुनै पनि महिलालाई असुरक्षित महसुस गर्न दिनुहुँदैन, यो व्यवहार सह्य हुनेछैन, हामी यस्तो किसिमको अक्षम्य व्यवहार अनुभव गरेको वा देखेको जो कोहीलाई तुरुन्तै रिपोर्ट गर्न प्रोत्साहित गरिरहने छौँ ।’

यो दाबी मुख्य बेलायती प्रतिष्ठानमाथि यौन उत्पीडन र अन्य विषाक्त कार्य अभ्यासको नवीनतम आरोप हो । संसद्, लन्डनको मेट्रोपोलिटन प्रहरी र अन्य बल तथा ब्रिटिस उद्योग परिसङ्घ (सिबिआई) मा काम गर्ने महिला कर्मचारीहरू हालैका वर्षहरूमा गम्भीर गुनासो लिएर आएका छन् । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ०१ बजे

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी